प्रहरीका सात जना डीआईजीको सरुवा

काठमाडौं। नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। यस सरुवासँगै देशका ६ वटा प्रदेशमा नयाँ प्रहरी प्रमुख तोकिएका छन्।

गृह मन्त्रालयको निर्णयअनुसार कोशी प्रदेशमा ईश्वर कार्की, मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ। त्यसै गरी, लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्ट नियुक्त भएका छन्।

केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबीको जिम्मेवारी भने गोविन्द थपलियालाई दिइएको छ।

 

 

 

Facebook Comments Box
TOP
321 Shares