

नेपाली पेनका प्रधान सम्पादक दीपेश केसी धरौटीमा छुटे
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी समाचार लेख्ने नेपाली पेनका पत्रकारलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नेपाली पेनका प्रधान सम्पादक दीपेश केसी र कार्यकारी सम्पादक सञ्चिता बानियाँलाई ५/५ हजार धरौटीमा छाड्न आदेश गरेको हो ।
गत वैशाख ८ गते सो अनलाइन पोर्टलले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसको भोलिपल्ट सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले अवहेलना मुद्दा दायर गरेपछि उक्त अनलाइनले सो समाचार हटाएको थियो ।
अदालतको अवहेलना मुद्दामा वैशाख १० गते सर्वोच्चले प्रधान सम्पादक र कार्यकारी सम्पादकलाई आइतबारको पेसी तोकी बयानमा बोलाउने आदेश गरेको थियो । आइतबार बयानपछि प्रारम्भिक बहस भई धरौटीमा छाड्ने आदेश भएको छ । बयानका क्रममा प्रधान सम्पादक डा. केसीले समाचारको सत्यतथ्य जाँचेरै प्रकाशित गरेको र समाचारका स्रोतहरु संवेदनशील रहेकाले त्यसको सुरक्षा गर्नुपर्ने दायित्व आफूमा रहेको बताएका थिए । उनले आफू जुनसुकै कारबाही भोग्न तयार रहेको तर स्रोत नखुलाउने बयान अदालत समक्ष दिएका हुन् ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





