५०० किलोको बम बनेर पृथ्वीमा खस्दैछ यो स्पेसक्राफ्ट

काठमाडौँ । ५३ वर्षअघि पृथ्वीबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको एउटा अन्तरीक्षयान अब धर्तिको लागि खतरा बनेको छ । चाँडै नै यो यान पृथ्वीमा खस्ने समाचारमा उल्लेख छ  । तत्कालीन सोभियत संघले शुक्र ग्रहमा अवतरण गराउन भनेर १९७२ मा ‘कोसमस ४८२’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो ।

तर केही यात्रा गरेपछि यानमा खराबी आयो अनि यो पृथ्वीको कक्षमा अड्कियो । यो आधा टन धातुको बल अब नियन्त्रण बाहिर गएर पृथ्वीमा खस्ने स्थितिमा छ । यो कहाँ खस्छ र कति क्षति पुर्‍याउनेछ भन्ने कसैलाई थाहा छैन ।

कोसमस ४८२ कुनै साधारण अन्तरिक्ष यान थिएन । यो लगभग १ मिटर चौडा गोलाकार अवतरण क्याप्सुल थियो, जुन शुक्र ग्रहको विषाक्त, तातो वायुमण्डलमा अवतरण गर्न डिजाइन गरिएको थियो ।यसको ताप ढाल यति बलियो थियो कि यसले शुक्र ग्रहको कार्बन डाइअक्साइडले भरिएको हावालाई पनि सहन सक्थ्यो । तर रकेटको असफलताका कारण यो पृथ्वीको कक्षमा अड्कियो । विगत ५३ वर्षदेखि यसले पृथ्वीको परिक्रमा गरिरहेको थियो । द गार्जियनको रिपोर्ट अनुसार, डच वैज्ञानिक मार्काे ल्याङब्रोकले मे १० तिर यो पृथ्वीमा खस्नेछ भन्ने अनुमान गरेका छन् । यो प्रति घण्टा २४२ किलोमिटरको गतिमा खस्नेछ । ‘आत्तिनु पर्दैन, तर खतरा पूर्ण रूपमा टरेको छैन । यो यान सानो छ, केवल ५०० किलोग्राम तौलको । वायुमण्डलमा जलेर यो ध्वस्त भएन भने पनि, यसको जोखिम उल्का पिण्ड खसेको जस्तै हुनेछ,’ उनले भने । प्रत्येक वर्ष पृथ्वीमा कयौँ उल्का पिण्डहरू खस्छन् । यस यानबाट हानि हुने सम्भावना चट्याङबाट मर्ने सम्भावना जत्तिकै कम हुने  पनि उनले बताए । यो यानमा रहेको केही प्रविधिले काम गरे नजलीकन पृथ्वीमा आउन सक्ने पनि बताइएको छ । यदि ताप ढाल भाँचिएन भने यो आकाशबाट खसिरहेको अनियन्त्रित धातुको बल हुने भनिएको छ । यो कहाँ खस्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ । तर यो ५१ दशमलव ७ डिग्री उत्तर र दक्षिण अक्षांशको बिचमा जहाँ पनि खस्न सक्ने बताइएको छ । यसको अर्थ यो लन्डन र क्यानडाको एडमन्टनको बिचमा कतै झर्ने सम्भावना छ । यानको ५३ वर्ष पुरानो प्यारासुट प्रणालीले अझै काम गर्छ कि गर्दैन भन्नेमा पनि वैज्ञानिकहरूलाई शङ्का छ । २०२२ मा, चीनको बुस्टर रकेट र २०१८ मा, तियांगोङ–१ अन्तरिक्ष स्टेसन पनि नियन्त्रण बाहिर गएर पृथ्वीमा खसेको थियो । यसको धेरैजसो भाग समुद्रमा खसेको थियो । एजेन्सी

Facebook Comments Box
किन भएन सार्वजनिक खरिद अनुगमन कार्यालयको आदेश कार्यान्वयन ? बालेन पथ : जसरी अप्रत्यासित प्रख्याती, उसैगरी पतन मार्गमा लम्कीँदै
२ दिन अगाडि

4.7kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशकै राजधानी काठमाडौं शहरको प्रमुखमा चयन हुनु, त्यो पनि…

TOP
200 Shares