

धनकुटा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्याे

धनकुटा । धनकुटामा हिजो अर्थात् साेमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस हिजो बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा र बस चालक सुनसरीका ५१ वर्षीय रूद्र तामाङको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो।यसैगरी सोही दुर्घटनाका घाइते भोजपुरका ५८ वर्षीया लिला बहादुर श्रेष्ठको आज बिहान ४ बजे उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनाका ११ जना घाइते मध्य दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।
समाज
थप सामाग्री-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
-
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
-
आज भदौ २७ गते शनिबार,यस्तो छ तपाईकाे राशिफल
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
२१ घण्टा अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक…





