भारत द्वारा पाकिस्तान माथि आक्रमण : कम्तीमा ३० जनाको मृत्युु
काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको थियो।
यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।
यद्यपि पाकिस्तानले आक्रमणमा तीन बालबालिकासहित सात जनाको ज्यान गएको बताएको छ । पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्। पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन् ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.5kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



