एसएसपी भूपेन्द्र खत्रीद्वारा एसपी र डीएसपीलाई शुभकामना सहित विदाई

भरतपुर – नेपाल प्रहरी शिक्षालय,भरतपुरबाट जिल्ला प्रहरी कार्यालय गोरखाको कार्यालय प्रमुखको रुपमा सरुवा हुनु भएका प्रहरी उपरीक्षक भरत बहादुर वि.क. र जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यालय प्रमुखको रुपमा सरुवा हुनु भएका प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापालाई नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशक एसएसपी भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी उपरीक्षक भरत वि.क. र प्रहरी नायव उपरीक्षक सुर्य थापाले नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिले बिदाई भई जान लाग्नु भएका भरत बहादुर वि.क. र सुर्य बहादुर थापालाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा,रवाना पत्र प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
150 Shares