

बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
काठमाडौँ । काठमाडौँस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष धर्मगुरुहरुको सहभागिता समेत रहने भएकाले यस अघिको नियमित बुद्धजयन्ती भन्दा विशेष र महत्त्वपूर्ण बनाइने समितिले जनाएको छ ।
बुधबार बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जयन्तीको तयारी बारे जानकारी गराएको छ । बुद्ध जयन्तीका लागि ७७ वटा संघ संस्थाहरू समेत सहभागी गराई मूल समारोह समिति गठन गरिएको जानकारी दिइएको छ ।
बुद्ध जयन्तीका अवसरमा मुख्य लामाका रूपमा निधिपति नाम्खा रिम्पोर्छे र क्याब्जे ज्याटुल रिम्पोर्छेको उपस्थिति रहने भएकाले यो पटकको बुद्ध जयन्ती विशेष हुन लागेको बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष राजकुमार लामाले बताएका छन् । उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । उक्त दिन चाबहिलस्थित महांकालचौर देखि तिनचुली हुँदै बौद्ध महास्तुपा परिक्रमा गर्दै हायात चौरमा पुगेर समापन हुने गरी शान्ति रयाली आयोजना गरिने पनि जानकारी दिइएको छ ।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि
1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



