आगामी १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजलाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन् । शुक्रबार राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशनको उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव दिए ।

‘यो १५ गते राजालाई सिंहासनमा राख्छन् अरे । सिंहासन बनाएर राख । देशको राज सिंहासन भनेको गयो । गइसक्यो । अब देशको राज सिंहासनको कल्पना गर्ने कस्तो दिमाग होला,’ उनले भने ।

प्रधानमन्त्री ओली राजा ल्याउने भ्रममा नपर्ने आग्रह गर्दै जनविरोधी र देशद्रोही क्रियाकलाप सह्य नहुने बताए । उनले राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । सहमति नभए स्वच्छ रूपमा निर्वाचन गरी नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए ।

Facebook Comments Box
किन भएन सार्वजनिक खरिद अनुगमन कार्यालयको आदेश कार्यान्वयन ? बालेन पथ : जसरी अप्रत्यासित प्रख्याती, उसैगरी पतन मार्गमा लम्कीँदै
२ दिन अगाडि

4.7kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशकै राजधानी काठमाडौं शहरको प्रमुखमा चयन हुनु, त्यो पनि…

TOP
445 Shares