महानायकको कमब्याक फिल्मको पहिलो साताको व्यापार दुई करोड नाघ्यो

काठमाडौं – महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ यो शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मको अकुपेन्सी मध्यम छ ।
दोस्रो सातामा प्रवेशसँगै निर्माण पक्षले सुरुवाती सात दिनको ग्रस कलेक्सन सार्वजनिक भएको छ । फिल्म दुई करोड चार लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।
राजेशले ९ वर्षपछि यस फिल्मबाट ठूलो पर्दाको अभिनयमा ‘कमब्याक’ गरेका हुन् । उनी अहिले दर्शकलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन हलहरुमा उपस्थित भइरहेका छन् । यसभन्दा अघि उनी यसरी फिल्मको प्रचारमा र हल भिजिटमा हिड्दैन थिए । राजेश काठमाडौं बाहिरका हलमा पनि पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
यस फिल्ममा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत र रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा यस फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । निर्देशक भने दिवाकार भट्टराई हुन् ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…