टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक

टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज गरिएको छ । नियतिको बन्दि बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ ।
ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिनुभएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट सुभाष गजुरेल लगायतका कलाकारलाई देख्न सकिन्छ ।
कमल बुढाथोकी को प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी, कमल बुढाथोकी मिलेर निर्माण गर्नुभएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहनुभएको छ । शिव विकको छायाकंन, उमेश थापा मगरको दृश्य सम्पादन, प्रविण ढकालको कलर, रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, सविन गायकको पोष्टर, आकाश मगरको गीत संगीत एरेन्ज, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन अनि लोकप्रिय गायक रामचन्द्र काफ्लेको गायन रहेको छ ।
यो टेलिसिरियल यही जेठ ३१ गते शनिबार ७ बजे ओएसआर डिजिटल युट्युवमार्फत पहिलो भाग सार्वजनिक हुने र प्रत्येक शनिबार साँझ ७ बजे नै दर्शहरूले ‘वाचा वन्धन’ हेर्न सक्ने निर्माणपक्षले जनाएको छ । वनिरहेका अन्य टेलिसियल भन्दा उत्कृष्ट र फरक रहेको दावी गरिएको यो सिरियलमा अन्य कलाकारहरूमा प्रेमदेव गिरि, सविन वास्तोला, प्रिया रिजाल, आयुष विसी, यादव गिरि, प्रशान्त मगरलगायत दुई दर्जन नयाँ पुराना कलाकारहरू रहेका छन् । ललितपुरको छम्पि र रुकुम पूर्वीभागको लुगुम नरीबाङको रमणिय दृश्यहरूमा यो टेलिसिरियल छायाकंन गरियको छ ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…