नेपाली धपाउँदै हरेक क्षेत्रमा भारतीयको राज,आफ्ना जनतालाई देशमै रोक्न सरकारलाई छैन सरोकार

नेपालीहरु काम गर्न विदेश जान्छन् । यहाँ काम भएन भन्दै उनीहरु भारतसहित विभिन्न मुलुक गइरहेका छन् । तर, भारतीयसहित अन्य देशका नागरिकहरु कामका लागि नेपाल आइरहेका छन् । नेपालमा सबैभन्दा भारतीय कामदार रहेको पाइन्छ । कपाल काट्ने, फलफूल बेच्ने, कबाडी संकलन गर्ने, वर्कसपमा मिस्त्री काम गर्ने, कपडा बेच्ने, किराना पसल थाप्ने, घर निर्माण गर्नेलगायतका काम भारतीयले गरिरहेका छन् ।

राजधानीमा मात्र होइन, गाउँदेखि शहरसम्म छ्याप्छ्याप्ती भारतीय देखिन्छन् । काम गर्ने मात्र नभई सडक, आकाशे पुल, मठमन्दिर, सार्वजनिक स्थलमा माग्न बसेकामध्ये धेरै भारतीय नै छ । नेपालमा जति ठूला व्यापार–व्यवसाय छ, त्यसमा मारवाडीहरुको लगानी छ । बैंक तथा वित्तिय संस्था, ठूल्ठूला कम्पनी मारवाडीको हो । नेपाल र भारतको सीमाना खुल्ला भएकाले भारतीयहरु कुनै प्रक्रियाबिनै यहाँ काम गर्न आउँछन् ।

अन्य देशका नागरिकहरु भने श्रम स्वीकृति लिएर काम गर्नका लागि नेपाल आइरहेका छन् । जसमा सर्वोच्च स्थानमा चिनियाँ रहेका छन् । नेपालमा नेपाली नहुँदा पछिल्लो समय विदेशीहरु बढी देखिन थालेका छन् । २०४६ सालपछि नेपालमा एउटा सन्तान जन्माउने प्रचलन आएको छ । एउटा सन्तान जन्माउने, त्योपनि विदेश पठाउने । जसका कारण नेपालमा नेपाली छैनन्, अन्य देशका नागरिक छन् ।

अहिलेका युवामा विवाहप्रति पनि कुनै रुचि छैन । यसले गर्दा जनसंख्यामा ठूलो असर परेको छ । ३०–३५ वर्षसम्म युवायुवती नै विवाह गर्दैनन्, विवाह गरेपनि बच्चा जन्माउँदैनन् । पहिलेपहिले सानै उमेरमा विवाह गरिन्थ्यो । उनीहरुको पाँचदेखि १२ जनासम्म बालबच्चा हुन्थ्यो । ती बालबच्चाले नेपालमै कुनै काम गर्थें, आफ्नो भूभागको संरक्षण गर्थें । पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि नेपालमा नेपाली टिक्न सकेनन् ।

जनता जम्मै विदेश पुगे । यता, सरकारले पनि ‘दुई सन्तान, सुखी परिवार’ को परिवारको नीति ल्यायो । विवाह गर्न पनि २० वर्ष पुग्नुपर्ने नियम बन्यो । जसका कारण मुलुकको जनसंख्यालाई ठूलो धक्का लाग्यो । जन्मदर निरन्तर ओरालो लागिरहेको छ । विवाह गर्नलाई २० वर्ष पुग्नुपर्नेमा विदेश जानलाई १८ वर्ष लागे हुन्छ । सरकारको द्धैध चरित्र यहीबाट पुष्टि हुन्छ ।

भारतको पोलेसी नेपाल सरकार र नेपाली सञ्चारकर्मीले कहिल्यै बुझेनन् । भारतको पोलेसी जसरी पनि नेपालबाट नेपाली हटाउने हो । नेपालका उद्योग कलकारखाना बन्द गर्ने, एउटादेखि दुईटा सन्तान जन्माउन नदिने, त्योपनि विदेश पठाउने अनि आफ्ना जनता ल्याएर यहाँ राज गराउने । भारत त आफ्नो योजनामा सफल भइसकेको छ । नेपालीलाई विदेश पठाएर यहाँ सबै व्यापार व्यवसायमा उनीहरुले हस्तक्षेप गरेका छन् ।

अहिले त बुवाआमाले भएको एउटा सन्तान पनि विदेश पठाएका छन्, ऊ पनि जिउँदो आउँछ कि बाकसमा भन्न सकिन्न । नेपालबाट नेपालीलाई लखेट्न योजना भारतको भएपनि सरकारले त्यसमा पूर्ण सहयोग गर्यो । भारतले जसोजसो भन्यो, त्यसै गर्दै गर्यो । भारतकै निम्ति आफ्ना जम्मै उद्योग कलकारखाना बन्द गर्यो । यहाँ केही उत्पादन नभएपछि सबै सामान भारतबाट आयात गर्नुपर्छ ।

किराना पसल थापेर ती सामान बेच्ने पनि भारतीय नै छन् । भारतले नेपालको धेरै भूभाग कब्जा गरेको छ । अब दाउ नेपाल कब्जा गर्ने हो । नेपाली जति लेखेटेर भारतले आफ्नो बाटो खाली गरिसकेको छ तर सरकारले अझैपनि त्यो कुरा बुझ्न सकेको छैन । २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ छ । एक करोडभन्दा बढी जनसंख्या अन्य देशमा छ, रोजगारी र शिक्षाको लागि ।

अधिकांश नेपालीले नेपाली नागरिकता त्यागेर त्यो मुलुकको नागरिकता लिएका छन् । उनीहरु अब त्यतैको नागरिक भइसकेका छन् । नागरिकता पाउने मुलुकमा पुगेका नेपालीहरुले यहाँ भएको सम्पत्ति बेचेर लगिसकें । अब उनीहरुलाई यहाँ के हुन्छ ? कुनै सरोकार नै हुँदैन ।

देशमा जनसंख्या घट्दै गएको छ तर सरकारलाई कुनै चासो नै छैन । ‘विवाह गरेर के नै हुन्छ र ?’ भन्ने मानसिकताबाट जनता ग्रसित छन् ।
सरकारले जनताको दिमागबाट सो कुरा हटाउन कुनै मतलब गरेको छैन । सरकारले विवाह गर्नका लागि जनतालाई प्रोत्साहन गर्न सकेन ।

सन्तान पाल्न गाह्रो हुन्छ भनेर जनता वैवाहिक बन्धनमा बाँधिन रुचि देखाइरहेका छन् । सरकार पनि वास्ता नै गर्दैनन् । नेपालीलाई विदेश पठाएर सरकारले बाहिरी देशको मान्छे ल्याएर यहाँ व्यापार व्यवसाय गराइरहेको छ ।

उनीहरुले बजारमा कब्जा गरेर पैसा आफ्नो देशमा लगेको लग्यै छन्, नेपाल सरकार हेरेको हेर्यै छ । अझैपनि सरकारले भारतको रणनीति बुझ्न सकेको छैन । नेपालमा नेपालीलाई रित्तो गराएर आफ्नो नागरिक यहाँ राख्ने दाउ भारतको देखिन्छ । सरकार यसमा सचेत हुन आवश्यक छ ।

नेपालमा लाखौंको संख्यामा भारतीय छन् । भोलि भारतले नेपालमा हस्तक्षेप गर्न खोज्यो भने भारतीयहरुले आफ्नो रुपमा देखाइहाल्छन् ।
देशको सुनदेखि नुनको व्यापारसम्म भारतको कब्जामा गइसकेको छ । अनि सरकार अझैपनि टुलुटुलु रमिता हेरेर बसेको छ । नेपालले नेपाली नेतालाई भूमिगतको समयमा त्यतिकै पालेको होइन रहेछ । लड्नका लागि सित्तैमा हतियार दिएको होइन रहेछ । उनीहरुको पोलेसी भित्रभित्रै नेपाल सिद्याउने रहेछ । घर नेपालीको छ, तर भाडामा बस्ने भारतीय छन् ।

प्रत्येकजसो नेपालीको घरमा भारतीयको बसोबास रहेको छ । आफ्नो घरमा अर्का देशको नागरिकलाई राखेर घरधनीले आफ्नो सन्तानचाँहि विदेश पठाएको छ । भोलि केही कारणबस् नेपाल र भारतको सम्बन्ध बिग्रियो, खटपट आयो भने भारतले त सहजै नेपाललाई कब्जामा लिन्छ । नेपाल सरकारले भारतीयलाई यहाँ आफ्नो सन्तानजसरी पालिरहेको छ ।

नेपाल सरकार यति निरीह छ कि विदेशमा भएका आफ्ना नागरिकलाई फिर्ता ल्याउन सक्दैन । सन्तान जन्माउन प्रोत्साहन पनि गर्दैन । विदेश नजाऊ भन्न पनि सक्दैन । अनि भारतीय ल्याएर पाल्ने । कतै देशका नेतृत्वहरुको भारतीय नागरिकता त छैन ? गम्भीर प्रश्न उठेको छ । केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतले राष्ट्रियताको कुरा गर्नु भनेको जनताको आँखामा छारो हाल्नु हो ।

नेपाली जति जम्मै विदेश पठाएर भारतीय ल्याउनेले राष्ट्रियताको कुरा गर्न सुहाउँछ ? खेतीपातीले खान नपुगेपछि र रोजगारीका लागि नेपाल शहर छिरे । शहर पनि सोचेको जस्तो नभएपछि नेपाली विदेश गए । अहिले त गाउँ पनि खाली भयो शहर पनि । नेपाली रित्तिएपनि भारतलाई सहज भएको छ । देशको कुनाकुनामा भारतीय पुगेका छन् । जनसंख्या जति बढ्यो, राज्यलाई त्यति नै फाइदा हुन्छ ।

नागरिकले काम गर्छ, राज्यलाई राजश्व आउँछ । जनताले देशको भूभागको रक्षा गर्छ । तर, सरकारको सोच त्यसतर्फ गएन । पछिल्लो समय नेताहरुले नै विवाह गर्न छोडेका छन् । त्यसले पनि जनतालाई विवाह नगर्न मलजल गरिरहेको छ। सरकारले त्यसबाट भविष्यमा हुन सक्ने क्षतिलाई बेवास्ता गरिरहेको छ । जनता पनि त्यस्तै छन् । विवाह नगर्नेलाई त्यागी नेता भन्छन् जनता।

भोट दिएर उसलाई नेता बनाउँछन् । जसले श्रीमती पाल्ने आँट गर्दैन, उसले देश बनाउने हिम्मत राख्छ। सबैभन्दा ठूलो जनता हो। जनता नभई राज्यलाई कर पनि आउँदैन, देशको भूभाग सुरक्षा पनि हुँदैन, निर्वाचनमा मत पनि आउँदैन। नेपालीहरु खाईनखाई छोराछोरी बोर्डिङ्गमा पठाउँछन् । त्यत्रो दुःख गरेर पढाएको छोराछोरीले अर्काको देशका लागि काम गर्छन्, अर्काको देश विकास गर्छन्।

भारतीयहरु बिना पढलेख यहाँ आएर बिना लगानी महिनाको लाखौं कमाउँछन् । त्यो पैसा भारत दौडाइरहेका छन्। अब भनौं,‘हामी नेपाली कहाँ छौं, हाम्रो बुद्दि कहाँ छ ? नेपाल सरकारसँग भिजन छ ?अनुसा थापा

Facebook Comments Box
TOP
426 Shares