परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा

काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई बदनाम गराउने उद्देश्यले तथ्यहीन र भ्रामक भिडियो बनाउने व्यक्तिले कानूनअनुसार सजाय पाउनुपर्ने प्रतिक्रिया दिएकी छिन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री राणाले आफूविरुद्ध बनाइएको भिडियो सार्वजनिक गर्ने मिडिया सरकारी निकायमा दर्ता नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढाउन नसकेको उल्लेख गरेकी छिन्। त्यसैले राज्यको कानूनअनुसार नै न्याय खोजेको उनको भनाइ छ।

‘उक्त भ्रामक भिडियो पोस्ट गर्नेविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ’, उनले लेखेकी छिन्, ‘र कानूनले जुन सजाय दिन्छ, हामीले पनि त्यसैलाई अनुसरण गर्ने हो।’

Facebook Comments Box
TOP
264 Shares