

पत्रकारको आवरणमा उठती पुठौती धन्दा कहिलेसम्म ?
काठमाडौं । प्रायजसो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, आर्मी हेडक्वाटरतिर विभिन्न ओहोदाका हाकिमसँग कुम जोडेर बस्ने व्यक्तिको परिचय भनेको अहिले पत्रकार बनेको छ । पछिल्लो सयम पत्रकारको नाममा असुली धन्दा चलाउनेहरुको बिगगिबी बढ्दै गइरहेको छ ।
विगतमा सडक छापहरु अहिले पत्रकारको लाइसेन्स लिएकै भरमा पत्रकारको ‘इथिक्स’लाई समेत धज्जी उडाउँदै दलालीको रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आर्मीको कार्यकक्षमा हाकिमसँग कुम जोड्दै संगठनकै बद्नाम गराउने तल्लिन पत्रकार र त्यस्ता पत्रकारसँग कुम जोड्दा खुसीले गद्गद् हुने नेपाल प्रहरीका उच्च अधिकारीहरु पनि कमी नभएका देख्न सकिन्छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र आर्मीका केही हाकिमसँग सम्पर्कमा रहेर असुली धन्दामा माहिर यस्ता पत्रकारको दैनिकी भनेको सिपाहीदेखि इन्स्पेक्टरसम्मको सरुवामा दलाली गर्नु र हाकिमको खल्ती नै छामेर केही रकम र ५ लिटर तेलसम्म भए पनि लिएरै जाने हो ।
यसरी त्यस्ता पत्रकारहरुले असुली धन्दा, दलाली, सरुवा बढुवामा थुप्रै प्रहरीका उच्च अधिकारीको नाम लिँदै गलत धन्दा गर्दै आएको पाईएको हो । यदि प्रहरी हाकिमले त्यस्ता पत्रकारले आफ्नो असुली धन्दा र दलालीको साथ नदिएको खण्डमा त्यो प्रहरी हाकिमको जे पायो त्यही समाचार लेखेर बद्नाम गराउने पत्रकारहरुको पनि कमी नभएको पाइएको छ ।
विशेष गरी दलाली पत्रकारहरुको मुख्य धन्दा भनेकै प्रहरीका सिपाहीदेखि ईन्स्पेक्टरसम्मको सरुवा गराउने, सिपाहीको नयाँ भर्नामा छिराउने र दाम लुँड्याउने उनीहरुको नानीदेखिकै बानी बनि रहेको प्रहरीका उच्च अधिकारीहरुले कहिले बुझ्ने ?यस विषय भने आजको गहकिलो र सोचनिय विषय बनेको छ।
नेपाल प्रहरीको महानिरीक्षक दिपक थापालाई संगठनभित्र राम्रो छवि भएका अधिकृतका रुपमा लिने गरिन्छ । तर, पदमा पुगिसकेपछि आफ्ना वरिपरि कस्ता मानिस झुम्मिरहेका छन्, तिनले के के गलत फाइदा उठाइरहेका छन् भन्ने हेक्का उनले राख्न सक्दारहेनछन् भन्ने कुरा हालै काठमाडौं प्रहरी परिसरका उच्च अधिकारीहरुसँग खुलेरै तेल माग्ने, अपराधीहरुको पक्षमा वकालत गर्ने पत्रकारहरुको कमी नभएको स्वयम् प्रहरी अधिकारीहरुले नै बताउने गरेका छन । विगतमा साइकलसम्म चढ्न सक्ने हैसियत नभएका उठौती पुठौती धन्दामा लागेकै भरमा त्यस्ता पत्रकारहरुले अहिले सुविधा सम्पन्न गाडी, काठमाडौैंमा महल ठड्याउन सफल भएको समेत प्रहरीहरुले नै बताउने गरेका छन् । यसले स्वच्छ एवम् निष्ठावान पत्रकारिता गर्ने पत्रकारहरुको पत्रकारिता गर्ने जुन मनोबल लिएर यस क्षेत्रमा होमिएका हुन्छन् त्यस्ता पत्रकारको मनोबल गिराउने काम स्वयम् यस्तै उठौती पुठौती धन्दामा लागि अकुत सम्पत्ति आर्जन गर्न सफल पत्रकारको खोल आड्नेहरुले गरेका छन् ।
सरुवा बढुवामा प्रहरीसँग लाभ लिन पल्केका त्यस्ता पत्रकारले आफ्नो पहुँच आईजीपीसम्म छ भन्ने देखाउन जन्मदिनमा केक काट्न बोलाउने, नियुक्त हुँदा दही खुवाउने र आईजीपी जिल्ला भ्रमणमा जाँदा सँगसँगै गएका र कुम जोडेका फोटा सामाजिक संजालमा सेयर गर्ने गर्दछन् ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



