

अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
गुल्मी । पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो खसिरहेका कारण सञ्चालन गर्न समस्या परेको छ ।
सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटिएको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
सडक अवरूद्धपछि सवारीसाधनलाई पर्वत हुँदै वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट पर्वत, बागलुङ र पोखरासम्म आवतजावत गर्ने यात्री थप समस्यामा परेका छन् । रासस
समाज
थप सामाग्री-
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
-
डडेल्धुरामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
-
देशभर मनसुन सक्रिय : आज धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा अति भारी वर्षाको जोखिम
-
आज साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सीआईबीको १६औँ वार्षिकोत्सव सम्पन्न, ‘CIB Magazine’ लोकार्पण
१ दिन अगाडि
2.2kViews 161 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव…





