अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी । पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो खसिरहेका कारण सञ्चालन गर्न समस्या परेको छ ।
सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटिएको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
सडक अवरूद्धपछि सवारीसाधनलाई पर्वत हुँदै वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट पर्वत, बागलुङ र पोखरासम्म आवतजावत गर्ने यात्री थप समस्यामा परेका छन् । रासस
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…