सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो
3.8kViews
135
Shares
काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो ।
Facebook Comments Box
समाज
थप सामाग्री
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
१ दिन अगाडि
3.7kViews 250 Shares Share on Facebook Share on Twitter जेन–जी आन्दोलनपछि नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र रहेन, त्यो…



