

हेटौंडामा होटलमा श्रीमती भेट्न पुगेका युवक मृत फेला
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् ।हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान २ असार सोमबार राति मृत फेला परेका हुन् ।उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति लज भएको घरको छतबाट खसेको प्रहरीले बताएको छ ।मृतक मोक्तान उनलाई भेटन होटल पुगेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेको प्रहरीलाई भनिएको छ ।प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।उनलाई मंगलबार बिहान भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए ।प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी अर्याल बताउँछन् ।मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



