

‘कुलिङ पिरियड’बारे पत्रकारलाई प्रधानमन्त्रीको जवाफ- मैले प्रतिक्रिया बोकेको छैन बाबु
काठमाडौं- ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान हटाउ खोजिएको चर्चाबीच मंगलबार संसद् भवन परिसरमा पत्रकारहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जिज्ञासा राखे ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर विरोध गरेपछि मंगलबार बसेको संसद् बैठक आधा घण्टालाई रोकिएको थियो । सभामुख देवराज घिमिरेले आधा घण्टालाई बैठक स्थगित गरेपछि बाहिरिएका प्रधानमन्त्रीसँग पत्रकारले जवाफ चाहेका थिए ।
‘प्रधानमन्त्रीज्यू, प्रतिक्रिया दिएर जानुन, संघीय निजामती सेवाको विधेयकबाट कुलिङ पिरियड हटाउन लागेकोबारे मन्त्रिपरिषद्मा कुरा भएको कि भएन?’, पत्रकारले यति सोधेपछि ओलीले जवाफमा भने, ‘अहिले मैले प्रतिक्रिया बोकिनँ बाबु !’
प्रधानमन्त्री यति भनिसकेपछि संसद् भवनबाट बाहिरिएका छन् । निजामती सेवाबाट बाहिरिएपछि संवैधानिक नियुक्तिमा जान राखिएको दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउने लबिइङमा मुख्यसचिव एकनारायण अर्यालसहित जुलुस नै लिएर हिँडेका थिए ।
पछिल्लो समय उक्त ‘कुलिङ पिरियड’ हटाउने दिशामा सरकारमा छलफल भइरहेको सन्दर्भमा प्रधानमन्त्रीलाई पत्रकारले सोधेका हुन् ।
यसअघि सरकारले मुलुकमा सुशासन कायम राख्न र कर्मचारीहरूलाई जवाफदेही बनाउने उद्देश्यअनुसार उक्त प्रावधान राखिएकाले संशोधन नहुने अडान लिएको थियो । तर निजामती सेवामा कांग्रेस र एमालेकै कर्मचारीको वर्चस्व रहेको अवस्थामा सरकारमाथि दबाब बढिरहेको छ ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





