

बौद्धनाथ स्तूपमा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ३२ पिन्ट रगत संकलन
काठमाडौं : नागरिक कल्याण समाज नेपालको आयोजना र भक्तपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा बौद्धनाथ स्तूप परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोमबार बिहान ८ बजेदेखि दिउँसो २ः३० बजेसम्म चलेको थियो, जसमा ३२ जना उदारमनका रक्तदाताले आफ्नो अमूल्य रगत दान गरेर कार्यक्रमलाई सफल बनाएका थिए ।
संस्थाका अध्यक्ष पशुपति दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा उपस्थित थिए। विशेष अतिथिको भूमिकामा समाजसेवी ओम रोका मगर रहेका थिए भने अन्य अतिथिहरूमा आमा थकालीका प्रोपाइटर समाजसेवी पूर्ण कुमार गुभाजु, समाजसेवी तथा व्यवसायी रोशन रत्न शाक्य,ङिमा छिरिङ्ग बुढा,छिरिङ्ग फिन्जो गुरुङ्ग, शुमन लामा, प्रेम बहादुर पाण्डे लगायत संस्थाका सल्लाहकारहरूले पनि कार्यक्रमलाई गरिमा प्रदान गरे। कार्यक्रमको सफल संचालन संस्थाका सचिव अजय लामाले गरेका थिए।
कार्यक्रमको आन्तरिक खर्च विशेष अतिथि ओम रोका मगरले बहन गरेका थिए भने बिहानको खानाको व्यवस्था काठमाडौंको बौद्ध २ नम्बर गेटमा रहेको आमा थकालीका प्रोपाइटर पूर्ण कुमार गुभाजुले गरेका थिए। त्यसैगरी टेण्ट र टेलब,कुर्सी माकल वारि क्यटरिङ्ग ले सहयोग गरेको थियो भने फलफुल व्यवस्थापन बौद्ध निवासी समाजसेवी माँ बगलाले गरेकी थिइन । कार्यक्रममा ३२ जना रक्तदातालाई प्रमाणपत्र र कदरपत्र प्रदान गरी सम्मानित गरिएको थियो। लगभग ६ घण्टा चलेको यस कार्यक्रममा संकलन भएको ३२ पिन्ट रगत भक्तपुर रक्त संचार केन्द्रलाई जिम्मा लगाइएको छ।
रक्तदान एक नेक र जीवनरक्षाको पवित्र कार्य हो। एक व्यक्तिले दान गरेको रगतले अर्कोको जीवन बचाउन सक्छ। विशेष गरी नेपाल जस्तो देशमा जहाँ रक्तको अभाव छ, त्यहाँ यस्ता कार्यक्रमहरूको ठूलो महत्व छ। रक्तदान न केवल स्वास्थ्यका लागि फाइदाजनक छ, तर यसले समाजमा सहयोग, मानवता र एकताको पनि सन्देश दिन्छ।
यसरी नागरिक कल्याण समाज नेपालले आयोजना गरेको यो रक्तदान कार्यक्रमले समाजमा रक्तदानको चेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा मिडिया पार्टनरको रुपमा भिजन न्युज नेपाल र हेल्थ पाटी रहेका थिए भने सहभागीहरू, आयोजकहरू र विशेष गरी रक्तदाताहरूप्रति समाजको तर्फबाट अध्यक्ष पशुपति दाहालले आभार व्यक्त गरेका थिए ।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि
1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



