मिश्रलाई ३ लाख धरौटीमा छोड्न अदालतको आदेश
2.6kViews
260
Shares
काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको छ।
न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि धवलशमशेर राणालाई पनि ३ लाख धरौटीमा छाड्न आदेश दिइएको थियो।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो। उक्त घटनासम्बन्धी मुद्दामा मुख्य कमान्डर भनिएका दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिइएको थियो।
Facebook Comments Box
समाज
थप सामाग्री
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
१ दिन अगाडि
3.7kViews 250 Shares Share on Facebook Share on Twitter जेन–जी आन्दोलनपछि नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र रहेन, त्यो…



