एसिसी यू–१६ इस्ट जोन कप, नेपाल र सिंगापुर भिड्दै

उपाधि रक्षा गर्ने योजनासहित मलेसिया पुगेको नेपालको युवा टोलीले एसिसी यू–१६ इस्ट जोन कपको पहिलो खेलमा आज सिंगापुरसँग खेल्दै छ । खेल मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभर मैदानमा हुनेछ । नेपाल सिंगापुरभन्दा तुलनात्मक रूपमा बलियो छ । नेपालका कप्तान विपिन शर्माले खेल जित्न खेल्ने बताए । उनले ब्याटिङ र बलिङ नै उत्कृष्ट हुने दाबी गरेका छन् । ‘हाम्रा खेलाडी सिंगापुरविरुद्ध खेल्न तयार छन् । हाम्रो ब्याटिङ र बलिङ नै राम्रो छ । तर, संयमित भएर खेल्छौँ ।’
प्रतियोगितामा सहभागी हुन नेपाली टिम शुक्रबार मात्रै त्यसतर्फ प्रस्थान गरेको थियो । कर्णाली याक्सबाट चर्चित बनेको स्पिनर विपिनले १० टोली सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन हुने दाबी गरेका छन् ।
सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । नेपाल लगातार उपाधि जोगाउन योजनामा छ । प्रतियोगितामा नेपाल र सिंगापुरसँगै भुटान, इन्डोनेसिया, जापान, हङकङ, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाएका छन् । समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेल जुन २४ मा जापानसँग खेल्नेछ । २९ जुनमा इन्डोनेसिया, जुलाई १ मा भुटानको सामना गर्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सीधै सेमिफाइनलमा स्थान बनाउने एसिसीले जनाएको छ ।
नेपाली टिमको कप्तानमा विपिन रहँदा उपकप्तानमा सूर्यांशु कोइराला छन् । यस्तै, टोलीमा शिवांश बजगाईं (विकेटकिपर), परिमर्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशीलबहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन् । रौनक श्रीवास्तवले कर्णालीमा भएको यू–१६ राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाएका थिए ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…