क्रिप्टो करेन्सी ट्रेड गर्ने ३ जना पक्राउ

काठमाडौं माघ ९ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेशबिपरीत क्रिप्टो करेन्सी/बिटिसि बिट क्वाईनबाट बित्तिय कारोबार गररको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा बस्ने पर्वत फलेवास नगरपालिका-११ कर्नासका २१ वर्षीय राजन भट्टराई, सुनसरी ईटहरी उपमहानगरपालिका-४ ईटहरी बस्ने २५ वर्षीय बिशाल श्रेष्ठ र काठमाडौं महानगरपालिका-११ थापाथली बस्ने २७ बर्षीय दिपेनराज श्रेष्ठ रहेका छन् ।
उनीहरूले बित्तिय कारोबार गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट तीनै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
September 30, 2023
कतार । मलेसियामा सफल व्यवसायीका रूपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानेले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् । गैर…