अवैध लागूऔषध गाँजा तथा अफिम खेती नष्ट

मकवानपुर माघ ९ ।बकैया गाउँपालिका-६ गढवन र भोगटे लगायत क्षेत्रमा अवैध रुपमा लगाइएका गाँजा तथा अफिम खेती शनिबार प्रहरीले नष्ट गरेको छ ।
उक्त स्थानमा लागूऔषध गाँजा तथा अफिम खेती रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले २९ कठ्ठामा लगाएको गाँजा तथा ४ कठ्ठामा लगाएको अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Facebook Comments Box

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार
October 1, 2023
झापा । गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग…