कोरोनाले भारतका खेलाडी नहुँदा ताईपेसँगको खेल हुन सकेन

काठमाडौं माघ १० । कोरोनाको कारण न्युनतम १३ खेलाडी उपस्थिति गराउन नसकेपछी एएफसी महिला एसियन कप-२०२२ अन्तर्गत घरेलु टोली भारत र चाइनिज ताइपेबिरुद्दको खेल नहुने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले मुम्बईस्थित डिवाई पटिल मैदानमा हुने खेल नहुने घोषणा गरेको हो ।
कोभिड-१९ संक्रमणका कारण भारतले आफ्नो १३ खेलाडीको नामावली आयोजकलाई बुझाउन नसकेपछी समूह ए को खेल नभएको हो ।
खेल अघि सहभागी टोलीले अन्तिम २३ खेलाडी नामावली आयोजकलाई बुझाउने गरिन्छ । तर अत्याधिक कोरोनाको कारण आयोजक भारतले न्युनतम १३ खेलाडी सार्वजनिक गर्न असफल भयो ।
जसका कारण खेल स्थगित भएको छ । पहिलो खेलमा भारत इरानसंग गोलरहित बराबरीमा रोकिएको थियो ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…