गोदावरी नगरपालिकामा नाङ्गो नाच, एउटै पहिरोमा तिनपटक बजेट

ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आफ्नै साविक ठेचो वडा नं. २ को पिङ्गलमा पहिरो रोकथामका लागि भनेर एकै ठाउँमा दुई÷दुई पटक बजेट निकासा गरे पनि त्यो बजेट कार्यकर्ता पोस्ने काम मात्र भएको छ ।
पहिलो पटक बैकल्पिक बाटोको रुपमा रहेको पिङ्गल बाटोमा पहिरो गएपछि पहिरो नियन्त्रणका लागि भन्दै गोदावरी नगरपालिकाले बजेट निकासा गरेको थियो । मेयर महर्जनले बजेट निकासा गरी आफ्नै कार्यकर्तालाई पहिरो नियन्त्रणका लागि काम गर्न बजेट छुट्याएका हुन् ।पहिलो पटक पहिरो नियन्त्रणको काम पूरा नहुँदै भत्किएपछि मेयर महर्जनको आदेशमा भोलिपल्ट बिहानै गोदावरी नगरपालिकाका इन्जिनियर सिताराम बोहोराले भत्किएको वाल सर्भे गरी ठिक भएको फाइल पेस गरी बजेट पचाउने काम भयो । त्यतिबेला लुमन्तीले १० लाख र गोदावरी नगरपालिकाले १० लाखको बजेट छुट्याएको थियो । सो बजेट स्वाहा पार्न सफल कार्यकर्ताहरुलाई फेरि मेयरकै आदेशमा गोदावरी नगरपालिकाले पहिरो नियन्त्रणका लागि भन्दै फेरि १५ लाख रुपैयाँको बजेट निकासा गरिएको थियो । त्यो बजेटबाट पहिरो गएको ठाउँमा पर्खाल लगाउँदा लगाउँदै फेरि पहिरो गएपछि दोस्रो पटकको बजेट पनि कार्यकर्ता पोस्ने बोहक अरु कुनै उपलब्धी भएन ।
यसै विषयलाई लिएर मेयर गजेन्द्र महर्जनलाई ९८५१२६००१६ मा फोन गरी सो विषयमा बुझ्न खोज्दा सम्पर्क भएन ।
फेरि तेस्रो पटक प्रदेशबाट हाल २८ लाखको बजेट छुट्याईको छ । सो बजेटले पहिरो गएको ठाउँको अनुगमन गरी निर्माण सम्पन्न गर्ने हो भने २८ लाख होइन १ करोडभन्दा बढी खर्च लाग्ने स्थानीय विज्ञहरुले बताएका छन् । तर, प्रदेश सांसदको बजेटबाट पारित गरेको २८ लाख रुपैयाँ पनि पहिरो नियन्त्रणको उद्देश्य नभई मेयर र प्रदेश सांसद राजकाजी महर्जनको आसेपासे कार्यकर्ता पोस्ने बाहेक उपलब्धी नहुने स्थानीयवासीले जानकारी गराएका छन् । यस विषयमा प्रदेश सांसद राजकाजी महर्जनलाई ९८५११००९३४ मा पटक—पटक सम्पर्क गर्दा फोन काट्ने काम गरे । जनताको सेवा गर्छु भनी जनताबाट भोट लिई जितेका जनप्रतिनिधि गजेन्द्र मजर्हनको फोन नलाग्ने र प्रदेश सांसद राजकाजी महर्जनले फोन काट्नुले जनताप्रति जनप्रतिनिधि कत्तिको उत्तरदायी रहेछन् भन्ने यसैबाट पुष्टि हुन्छ ।


स्थानीय वासीका अनुसार, पहिरो गएको स्थान नजिकै रहेको घर जुनसुकै बेला पहिरोले तान्न सक्ने र दैनिक आवत जावत गर्नेहरु पनि गम्भीर दुर्घटनामा परी ज्यान गुमाउन सक्ने अवस्था रहेको चिन्ता व्यक्त गर्छन् ।

Facebook Comments Box
TOP
Shares