नाग्रेमा मोक्तानद्वारा न्यानो कपडा वितरण

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको कोशिपारीको चौरीदेउराली गाउँपालिका वडा नं. २ नाग्रेका जेष्ठ नागरिकहरुलाई जाडोका लागि समाजसेवी टेकराज मोक्तानले न्यानो कपडालगायत खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
नाग्रेका जेष्ठ नागरिकहरुलाई घर—घरमा गई समाजसेवी मोक्तानले जाडोका लागि ज्याकेट, टिम्बर सिराकलगायत खाद्यान वितरण गरेका हुन् ।
काभ्रेको आपतविपद् एवं विभिन्न समाजिक कार्यमा सक्रिय हुँदै आएको मोक्तानले समय समयमा समुदायका विद्यार्थी, बिपन्नबर्ग, असाय अपाङ्ग, जेष्ठ नागारिकलगायत विपन्न वर्गलाई लक्षित गरी न्यानो ज्याकेट, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सुरक्षा लागि स्वास्थ्य सामागी माक्स, सेनिट्राइजर वितरण गरेको हो ।
काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिकाको विभिन्न ठाउँमा पुग्ने क्रममा श्री टासी बाल आधारभूत बिद्यालायको प्राध्यापक बिश्वास मोक्तान तामाङ तथा युवा व्यवसायी रोज दोर्जे मोक्तान तामाङको सहभागिता र वितरणमा सो क्षेत्रको सहकारीको भुमिका रहेको थियो ।
समाज सेवी मोक्तानले अहिले आएको कोरोना भाइरस र भाइरल ज्वारो रुघाखोकी जस्ता लक्षणबाट बच्ने र आत्मा बल बलियो बनाउने जस्ता विषयमा गाउँलेलाई जनचेतनामूलक कार्य गराउने काम पनि गरेका छन् ।
समाज
थप सामाग्री
आज मंसिर १४ गते बिहीबारको राशीफल : दोलखा भिमसेनले रक्षा गरुन
November 30, 2023
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ– बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ। पुराना विषयले…