भारतीय रुपैयाँ सहित पक्राउ

बारा माघ १० , जितपुरसिमरा उपमहानगरपालिका-१ सिमरा विमानस्थलबाट भारत बिहार नवाधा थाना अक्बरपुर बस्ने ३८ वर्षीय शिव शंकर बब्लुलाई नेपालमा प्रतिबन्धित २ हजार दरका १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
डिपार्चर रुममा काठमाडौंतर्फ जान लागेका यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा शिव शंकरलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई बरामद नगद सहित आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको बताएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…