ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

ललितपुर, १० माघ । कर्मचारीमा पनि काेराेना भाइरसकाे संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेकाे छ ।
महानगरले जारी गरेकाे विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेकाे हाे ।
- प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएकाे हाे । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन् ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…