आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो

काठमाडौं माघ १२ । बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनकाे मूल्य पाँच सय रुपैयाँले बढकाे थियाे । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…