तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

सर्लाही, माघ १२ ।

बागमती नगरपालिका-३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङ समेत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ८४ हजार ५० रुपैयाँ र १६ वटा कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments Box
TOP