प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

काठमाडौं माघ १४ । गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ ।
मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने जनाएको छ ।
‘सार्वजनिक स्थलमा कुनै व्यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति/सहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध,’ विज्ञप्तिमा भनिएको छ ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…