भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

काठमाडौं माघ १४ ।भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै जानकारी दिएका हुन् ।
उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ।
Facebook Comments Box

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…