लुकाई ल्याएको सुन सहित पक्राउ

कास्की माघ १६ ।
पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातु सहित सोही महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…