ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन ६ गते

काठमाडौं, माघ १७ । ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा फागुन ६ गते हुने भएको छ ।
कम्पनीको सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्तावित लाभांश वितरणको प्रस्ताव पारित हुनेछ । इन्स्योरेन्सले १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्तावगरेको छ ।
साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको चयन हुनेछ ।
प्रस्तावित बोनस वितरणपछि संस्थाको पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने अजेन्डा छ। सभा प्रयोजनका लागि ज्योतिले माघ २४ गते बुक क्लोज गर्ने भएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…