किसानलाई आधुनिक कृषि उपकरण वितरण

माघ १९, उदयपुर। प्रधानमन्त्री कृषि आधुनिकरण परियोेजनाअन्तर्गत उदयपुरका किसानलाई सोमबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा ६० लाख रुपैयाँ बराबरको विभिन्न आधुनिक कृिष उपकरण तथा समग्री वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि परियोजना एकाइले जिल्लाका विभिन्न किसानलाई आधुनिक कृषि विकासको लागि आधुनिक उपरकण तथा सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको एकाइका सूचना अधिकारी उत्तम पोखरेलले बताए । जिल्लाका ५५ समूहका किसानलाई कृषिको नयाँ प्रविधि र उपकरण तथा सामग्री वितरण गरिएका छन् ।
वितरण गरिएका उपरकण तथा कृषि सामग्रीमा ट्र्याक्टर १, पावर ट्रिलर १, मिनी ट्रिलर २५, कम्बाइमिल २९, बीडर १, भ¥याङ , फुटस्प्रेट ६, तौल मेसिन २६, थ्रेसर दुई थानलगायतका उपकरण तथा सामग्री छन् ।
यस्तै जिल्लाको चौदण्डीगढी नगरपालिकाको विभिन्न सहकारीलाई पनि आर्थिक सहयोग उपलब्ध गराएको सूचना अधिकारी पोखरेलले बताए । चौदण्डीगढी नगरपालिकाको जीवन बहुउद्देश्य कृिष फार्म र दूधकोसी बहुउद्देश्य कृषि फार्मलाई रु २२ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको पनि सूचना अधिकारी पोखरेलले बताए। रासस
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…