बैंकिङ कसूर मुद्दाका फरार लुईटेल पक्राउ

मोरङ माघ १९ ।बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिराटनगर महानगरपालिका-६ बस्ने ४० वर्षीय सिताराम लुईटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको २०७८ कात्तिक १० गतेको फैसलाले उक्त मुद्दामा १० महिना ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…