सोलु मा गुन्डागर्दी गर्ने मिलन कुमार राई पक्राउ

सोलुखुम्बुः नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका वडा ७ सभापति पक्राउ परेका छन्। हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा वडा सभापति मिलन कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा राईलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए। हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ।हातहतियार तथा खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

Facebook Comments Box
TOP
Shares