चोरी मुद्दाका फरार मान बहादुर मगर पक्राउ

काठमाडौं माघ २० । चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर ईमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०७४ बैशाख २५ गतेको आदेशले पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका मगरको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर ईमाडोलबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर बुझाइएको उक्त महाशाखाले जनाएको छ ।
Facebook Comments Box

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार
October 1, 2023
झापा । गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग…