बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

काठमाडौं । बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो ।नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी)औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको थियो । अघिल्लो पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १८ ओटा बैंकहरूको प्रतिफलदर घटेको छ भने नौओटा बैंकको मात्र वृद्धि भएको छ ।बैंक सञ्चालकहरूको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पनि बैंकहरूको प्रतिफल घट्दै गएको र यसबाट लगानीकर्ता निरुत्साहित हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छ । ‘बजारमा बैंक तथा वित्तीय संस्थाले अचाक्ली नाफा कमाए भनेर प्रचार भइरहेको र त्यसैअनुरूप राष्ट्र बैंकका निर्देशन पनि जारी भएका छन्,’ सिबिफिनले पुस दोस्रो साता गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बैंकहरूको पूँजी चार गुणाले वृद्धि भए पनि लगानीकर्ताले पाउने प्रतिफल भने घट्दै गएको छ ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…