राजधानीका मेनपावरमा चन्दा आतंक, नदिए कारवाहीको धम्की, विप्लवको पार्टीले चन्दा नदिनेलाई दल्यो कालोमोसो

काठमाडौं माघ २० । देशमा राजनैतिक अस्थिरता बढिरहेका बेला विभिन्न समूहले चन्दा आतंक मच्चाउन थालेका छन् । राजधानीमा खासगरी मेनपावर व्यवसायीमाथि आर्थिक सहयोगका नाममा पत्र थपाउने गरीएको छ भने अन्य व्यवसायीलाई पनि पत्र थमाइएको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय क्रान्तिका नाममा संघर्ष गर्दै आएको भनिएको नेकपा माओवादी (विप्लव) समूहले मागेजती चन्दा नदिनेमाथि कालोमोसो दल्ने अभियान थालेको छ । यसैक्रममा कैलाली स्थित पचमुडीयाका सव डिभिजन बन कार्यालयका अधिकृत विश्वराज पण्डितमाथि विप्लवका कार्यकर्ताले कालोमोसो दलेका छन् । केही दिन अगाडि मात्र बझाङको वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र सचिव दत्तराम अवस्थीलाई पनि विप्लवका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए।
यसैक्रममा युवा संगठन नेपालको नाममा अध्यक्ष पाटन जंगलीले राजधानीका एक मेनपावर व्यवसायीलाई आर्थिक सहयोग उपलब्ध गराइदिन भन्दै लेखेको पत्रमा एमसीसीको विरोध गर्दै नेपाललाई युद्दको क्रिडास्थल बनाउन खोजीएको उल्लेख छ ।
त्यस्तै, राजधानीकै अर्काे एक मेनपावर कम्पनीमा पनि त्यस्तै आर्थिक सहयोग माग गरिएको पत्र पठाइएको छ । बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपालका संयोजक भनिने क आहुतीका नाममा जारी आर्थिक सहयोग माग बारेको पत्रमा आफ्नो पार्टीको प्रथम राष्ट्र्यि भेला गर्नका लागि आर्थिक सहयोग गर्न भनिएको छ । आर्थिक सहयोगको पत्र लिएर जाने समूहले मोटो रकम माग्दै अन्यथा कारवाही भोग्न तयार रहन धम्की दिएको बताइएको छ ।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…