विभिन्न ठाउँ बाट लागूऔषध सहित पक्राउ
काठमाडौं माघ २२ शनिबार । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित भारत बिहार राज्य मोतिहारी ग्राम हम्बरीया घर भएका २७ वर्षीय पवन कुमार दास तथा नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ९६ ट्याब्लेट सहित सप्तरी डाक्नेश्वरी नगरपालिका-६ बस्ने २४ वर्षीय मुकेश साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ७३२३ नम्बरको बसमा सवार पवन कुमार र राजबिराजदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६४९७ नम्बरको बसमा सवार मुकेशलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छसिरहा, सिरहा नगरपालिका-७ बाट काठमाडौं महानगरपालिका-४ मण्डिखाटार बस्ने झापा गौरादह नगरपालिका-१ घर भएका ३२ वर्षीय अशिम गुरुङलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ३९ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन २२ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको झोलाबाट प्रहरी निरीक्षकको नक्कली परिचय पत्र १ थान, नक्कली पेस्तोल र होलिस्टर १ थान, असिम गुरुङ, साईरा स्याङ्बो लेखेको तामाको चेस्टप्लेट २ थान समेत प्रहरीले बरामद गरेको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ स्थित सडकबाट ८६ किलो ३ सय ६५ ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ । सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको बा.१८ च ३९५५ नम्बरको बोलेरो गाडीलाई ईलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । साथै गाडीका चालकलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।बाँके, नेपालगंज उपमहानगरपालिका-१ स्थित सडकबाट करिब १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बर्दिया मधुवन नगरपालिका-४ बस्ने २५ वर्षीया दुर्गा शर्मालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुर डेरा गरी बस्ने बकैया गाउँपालिका-४ घर भएकी २९ वर्षीया नानी माया खत्रीलाई नियन्त्रित लागूऔषध नुर्फिन २ सय ५० एम्पुल, फेनारगन २ सय ६८ एम्पुल र डाईजेपाम २ सय ८० एम्पुल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
बर्दिया, मधुवन नगरपालिका-९ बस्ने २६ वर्षीय युसुप खान र १७ वर्षीय किशोरलाई करिब १ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले ती किशोरको घरमा उक्त लागूऔषध प्याकिङ गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्रीचारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु
November 5, 2024
1.7kViews 349 Shares Share on Facebook Share on Twitter महोत्तरी । मिथिलाञ्चलसहित विशेष गरी मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक…