एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेट, एमसीसीबारे छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत बेरी आज विहान बालकोट पुगेका थिए । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालगायत विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ ।
एमसीसी सम्झौता निर्णायक मोडमा पुगेका बेला ओली र बेरीबीच झण्डै एक घण्टा छलफल चलेको थियो । एमसीसी मुख्यालयलसँग प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले १६ फागुनसम्म समयसीमा मागेका थिए । समय घर्किँदै गर्दा नेताहरुको दौडधुप बढेको छ ।
एमसीसीमा सभामुख अग्नीप्रसाद सापकोटा राष्ट्रिय सहमति आवश्यक पर्ने भन्दै संसदमा टेबल गर्न मानेका छैनन् । त्यसैगरी प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संशोधन हुनुपर्ने अडान लिएका छन् । सभामुखको भूमिकालाई लिएर एमालेले लामो समयदेखि संसदमा अवरोध गरेको र एमसीसी अन्योलमा परेका बेला राजदूत बेरी प्रतिपक्षी नेता ओली भेटेका हुन् । राजदूत बेरीपछि कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले बालकोट पुगेर मंगलबार साँझ ओलीसँग भेट गरेका थिए ।

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत
October 1, 2023
काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको…