सिलाजित सहितबुढाथोकी पक्राउ

काठमाडौं माघ २५ ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ केजी सिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-६ घर भएका २१ वर्षीय अनिल बुढाथोकीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कार्गो कम्प्लेक्सको एक्सपोर्टतर्फको एक्सरे एरियामा प्रहरीले स्क्रिनिङ गर्ने क्रममा डिएचएल एक्सप्रेस नेपाल प्रालि, काठमाडौं नेपाल केयुके बिल्डिङ सिनामंगलको स्टिकर सहित ट्याग लगाएको कार्टुन निर्यात प्रयोजनको लागि आवश्यक कागजात विना निर्यात गर्न लागिएको अवस्थामा फेला पारी उक्त सामान डिलिभर गर्न खटिएका बुढाथोकीलाई पक्राउ गरेको हो ।
उनलाई बरामद पदार्थ सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
-
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै

अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण
September 30, 2023
काठमाडौं – राप्रपाका नेता रवि किरण हमालले अब स्थापित हुने राजसंस्थाको कार्यभार बारे खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले…