माओवादीको केन्द्रीय समिति बैठक माघ २८ र २९ मा कमलादीमा बस्ने

काठमाडौं, २६ माघ
नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । बैठकमा एमसीसीको विषयमा समेत छलफल हुने एजेन्डा रहेको उनले जानकारी दिए ।
बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको पनि चयन गर्ने गर्ने छ । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…