दूधको उपभोक्ता मूल्य तोक्न अनुमति

काठमाडौं : कृषि विकास मन्त्रालयले कच्चा दूधको उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ।  मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा मूल्य बढाउन दुग्ध विकास संंस्थान (डीडीसी)लाई अनुमति दिएको हो।‘दूध प्रशोधनको वैज्ञानिक लागत, नागरिकको पहुँच, उपभोक्ताको हित, सामाजिक न्याय र संस्थाको सामाजिक उत्तरदायित्वको आधारमा मूल्य निर्धारण गर्न सहमति दिइएको छ,’ मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘किसानको व्यवसायको सुरक्षा र उपभोक्ता हितलाई सन्तुलित रुपमा अघि बढाई दुग्ध क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न समयसापेक्ष निर्णय गरिएको हो।’ यसअघि माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको प्रतिलिटर किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा तोकेको थियो।

Facebook Comments Box
TOP