धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

काठमाडौं माघ २७ । काठमाडौं महानगरपालिका-१५ ठाडो भर्याङस्थित ग्रिल कारखानामा काम गर्ने नुवाकोट बिदुर नगरपालिका-१ घर भएका २२ वर्षीय बिकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ घर बताउने ४८ वर्षीय मिलन खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मदिरा सेवन गरी एक आपसमा विवाद हुँदा बिकासले जथाभावी गाली गलौज गरी अश्लिल शब्द समेत बोलेकोले मिलनले चक्कु र बन्चरोले गर्धन र टाउकोमा प्रहार गरी बिकासलाई गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बिकासको मनमोहन मेमोरियल अस्पताल हुँदै राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचार भइरहेको छ ।
मिलन उपर ज्यान मार्ने उद्योग कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…