नगद र मोबाइल लुटपाट गरेको अभियोगमा पक्राउ

काठमाडौं माघ २८ ।
आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-६ कुशल ब्याङ्केट अगाडि दुईजना ब्यक्तिहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा आफूलाई प्रहरी बताउने २ जना ब्यक्तिहरुले धाक धम्की दिई निजहरुलाई लागूऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगि नगद ६० हजार रुपैयाँ र २ थान मोबाइल लुटि लगेका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरेको हो । प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय-पत्र १ थान समेत बरामद गरेको छ ।
उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…