लागूऔषध ब्राउन सुगर सहित पक्राउ

सुर्खेत फागुन  १  ।भेरीगंगा नगरपालिका-५ स्थित सडकबाट वीरेन्द्रनगर नगरपालिका-१० बस्ने २० वर्षीय विवेक थापा मगरलाई ३ ग्राम ४ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ८०८१ नम्बरको गाडीलाई बबई चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा विवेकलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको  छ ।

Facebook Comments Box
TOP