चितुवाको छाला सहित पक्राउ

दाङ फागुन ३ । लमही नगरपालिका-५ रातोडाँडाबाट १ थान चितुवाको छाला सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-५ महसेनीखोला बस्ने ४३ वर्षीय राज कुमार पुन र तुलसीपुर उपमहानगरपालिका-११ बेलगडारी बस्ने २६ वर्षीय कृण्ण चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…