सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

काठमाडौँ,३ फागुन । सुनको भाउ मंगलबार  प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको महासंघले जनाएकाे छ ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

Facebook Comments Box
TOP
Shares