५ थान भरुवा बन्दुक सहित थारु पक्राउ

कपिलवस्तु फागुन ३ । वाणगंगा नगरपालिका-९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…